१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

खबरकुराले समाज रूपान्तरणको दिशामा जिम्मेवार भूमिका निर्वाह गरेको पाइनु प्रशंसनीय काम : महासंघ अध्यक्ष पोख्रेल



काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले अनलाइन पत्रकारिताको विकासले ठूलो फड्को मारिसकेको बताएका छन् । खबरकुरा डटकमको तेस्रो वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिदैं अध्यक्ष पोख्रेलले अनलाइनको विकासको गतिसँगै यसका पाठकहरूको जमात पनि बढदै गएको उल्लेख गरेका छन् ।

उनले पाठक बढ्दै गएपनि अनलाइनमा प्रकाशन हुने समाचार सामग्रीको विश्वसनीयता र गुणस्तरीयताका विषयमा पनि विभिन्न टीका-टिप्पणी हुने गरेको बताएका छन् । ‘विद्यमान अवस्थामा खबरकुरा डटकमले अनलाइन पत्रकारितामार्फत् नागरिकको सूचनाको अधिकारलाई सुरक्षित गर्दै सत्यतथ्य समाचार प्रवाह गरी समाज रूपान्तरणको दिशामा जिम्मेवार भूमिका निर्वाह गरेको पाइनु प्रशंसनीय काम हो ।’ उनले शुभकामना सन्देशमा लेखेका छन् ।

अध्यक्ष पोख्रेलले वार्षिक उत्सवको अवसरमा सम्पादकीय नेतृत्व तथा अनलाइनमा संलग्नहरूमा हार्दिक बधाई पनि दिएका छन् । आगामी दिनमा खबरकुरा डटकम अनलाइनले अझ सशक्त भूमिका खेल्ने विश्वास सहित उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : २५ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a