काठमाडौं । आज जेलमुक्त भएका पुर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।
डिल्लीबजार कारागारवाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन । उनी आज बिहान रिहा भएका हुन्।
‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुदैँ गर्दै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन,
‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो’, चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’
रेशम चौधरीलाई लिन उनकी पत्नि तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी डिल्लीबजार पुगेकी थिइन्। जेलबाट रिहा हुदाँ पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमालाले उनको भब्य स्वागत गरेका थिए ।



















प्रतिक्रिया