काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र अनधिकृत भएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले आफ्नो एक शाखाबाट पठायएको पत्र कार्यान्वयन नगर्न आग्रह गरेको छ । सोही पत्रको आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरी डिल्ली बजार कारागारलाई बुझाएको थियो । सर्वोच्चले अनधिकृत पत्र लेख्ने कर्मचारीलाई कानून बमोजिा कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया