काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी जेलमा राख्न सर्वोच्च अदालतले पठाएको पहिलो पत्र सच्चाएको छ । यससँगै चौधरी छुट्ने भएका छन् ।
सर्वोच्चको फैसला कार्यान्वयन शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले आफुखुशी पठाएको पत्रका आधारमा चौधरी पक्राउ परेपछि अदालतभित्रै ववण्डर भएको थियो । त्यसपछि सर्वोच्च प्रशासनको बैठक बसि सो पत्र अनधिकृत रुपमा पठाएको निस्कर्ष निकाल्दै प्रहरीलाई अर्को पत्र पठाएको हो । नयाँ पत्रका आधारमा चौधरी तत्कालै छुट्ने भएका हुन् ।
पहिलो पत्र पठाउने विष्टलाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा प्रहरीले चौधरीलाई काठमाडौंको प्रज्ञाभावनबाट पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो ।
प्रतिक्रिया