७ पुस २०८२, सोमबार | December 22, 2025

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृति गरेको जानकारी दिनुभयो । “आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ”, उहाँले भन्नुभयो ।

आजै अपराह्न ४ बजे बस्ने संसद्को बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट पेस गर्दै छन् । त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी जेठ १७ देखि हुन लागेको छिमेकी मुलुक भारत भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित पाँच मन्त्रीको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री नेतृत्वको टोलीको भारत भ्रमणसम्बन्धी मन्त्रिपरिषद्ले आज औपचारिकरुपमा स्वीकृत गरेको छ ।”

हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : २६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८