१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सूचनाको हक क्षेमा क्रियाशिल अधिवक्ता तिवारी काठमाडौमा सम्मानित



नेपालगन्ज । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी सम्मानित भएका छन् । महिला र कानून विकास मञ्चले आफ्नो २८औं वार्षिक उत्सवको अवसरमा देशभरबाट तिवारीलाई सम्मान गरेको हो ।

तिवारीले नेपालगन्जमा विशेष गरि सूचनाको हक, नागरिकको अधिकार, नागरिकतालगायतका क्षेत्रमा उत्कृष्ट कार्य गरेको मुल्यांकन गरि सम्मान गरिएको केन्द्रले जनाएको छ । सोमबार काठमाण्डौमा आयोजित एक समारोहमा मञ्चका अध्यक्ष वरिष्ठ अधिबक्ता गिता आर्याल र निवर्तमान अध्यक्ष वरिष्ठ अधिबक्ता मिराकुमारी ढुङ्गानाले संयुक्त रुपमा तिवारीलाई गरेका थिए ।

नागरिकता र कानूनको क्षेत्रमा सक्रिय संस्था महिला, कानून र विकास मंचले विशेष गरि अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । तिवारीले नेपालगन्जमा आमाको नामबाट नागरिकता, जन्मदर्ता लगायतका लागि पैरवी गरि उच्च अदालतमा जनयाचिका मुद्दा मार्फत सरोकारवाल ानिकायलाई कार्यन्वयनमा दबाबका लागि पहल गर्दै आएका छन् ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले सूचनाको हक, सुशासन, नागरिक अधिकार र कानून र नागरिक समाजको अभियानलाई अगाडी बढाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ५ : १९ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।