३० भदौ २०८३, मंगलबार | September 15, 2026

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन



नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा शनिबार विहान सद्भाव र्‍याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा नेपालगन्जमा सद्भाव र्याली निकालिएको हो ।

सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशैभर शान्ति सदभाव र धार्मिक सहिष्णुताको सन्देश दिने उद्देश्य सहित आयोजित र्‍यालीमा बिभिन्न धर्मका धर्मगुरुहरु तथा धार्मिक अगुवाहरु, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरे बमोजिम र्‍याली निकालिएको हो। वीपी चोकबाट सुरु भएको र्‍याली धम्बोझी चोक पुगेर समापन गरिएको थियो । समापन अघि र्‍यालीमा सहभागीहरुले मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए ।

सुनसरी र सिराहामा भएका घटनापछि बाँकेबाट समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्‍याली आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले बताए । अफवाहका आधारमा सामाजिक सद्भाव खलबलिने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै उनले सत्यतथ्य सूचना मात्र विश्वास गर्न अनुरोध गरे ।

र्‍याली समापनस्थल धम्बोझी चोक पुग्दा स्थानीय युवाहरुले पीडितलाई न्याय दे, सुनसरी र सिराहा घटनाको निष्पक्ष छानबिन गर, डीजे र लाउडस्पिकर दुबै बन्द गर, जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । शरमा शान्ति सुरक्षा कायम राख्न आज बिहानै देखि नेपालगन्जका चोकहरुमा बाक्लो सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  १० : १० बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको