१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन



नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा शनिबार विहान सद्भाव र्‍याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा नेपालगन्जमा सद्भाव र्याली निकालिएको हो ।

सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशैभर शान्ति सदभाव र धार्मिक सहिष्णुताको सन्देश दिने उद्देश्य सहित आयोजित र्‍यालीमा बिभिन्न धर्मका धर्मगुरुहरु तथा धार्मिक अगुवाहरु, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरे बमोजिम र्‍याली निकालिएको हो। वीपी चोकबाट सुरु भएको र्‍याली धम्बोझी चोक पुगेर समापन गरिएको थियो । समापन अघि र्‍यालीमा सहभागीहरुले मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए ।

सुनसरी र सिराहामा भएका घटनापछि बाँकेबाट समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्‍याली आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले बताए । अफवाहका आधारमा सामाजिक सद्भाव खलबलिने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै उनले सत्यतथ्य सूचना मात्र विश्वास गर्न अनुरोध गरे ।

र्‍याली समापनस्थल धम्बोझी चोक पुग्दा स्थानीय युवाहरुले पीडितलाई न्याय दे, सुनसरी र सिराहा घटनाको निष्पक्ष छानबिन गर, डीजे र लाउडस्पिकर दुबै बन्द गर, जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । शरमा शान्ति सुरक्षा कायम राख्न आज बिहानै देखि नेपालगन्जका चोकहरुमा बाक्लो सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  १० : १० बजे

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, पाँच जबर्जस्ती करणी मुद्दाका

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम