४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एन आई सी एशियाको डिजिटल प्रणालीबाट थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा सजिलै भुक्तानी गर्न सकिने



काठमाडौ । एन आई सी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ ।

बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दै यी क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकम्मेन्डेसन शुल्क वा अन्य कुनै पनि शुल्क यस बैंकको क्युआर कोड, मोबाइल बैंकिङ्ग एप, बैंकको वेबसाइटमा रहेको ई–सर्भिस र क्वीक पे प्लेटफर्महरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यस बैंकको मोबाइल बैंकिङ्ग एपबाट शुल्क भुक्तानी गर्नु परेमा एपभित्र रहेको ई–सर्भिसमा गएर क्याम्पसको नाम छनौट गर्नुपर्ने हुन्छ । त्यस्तै बैंकको वेबसाइटमा रहेको ई–सर्भिसमा ट्याब गरी क्याम्पस छनौट गरेर समेत भौतिक रुपमा क्याम्पसमा उपस्थित नभई आवश्यक शुल्क भुक्तानी गर्न सकिनेछ । साथै, क्याम्पसमा रहेको क्युआर कोड स्क्यान गरेर वा क्याम्पसले उपलब्ध गराएको क्वीक पे लिंकमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

हालसम्म यी क्याम्पसमा अध्यनरत विद्यार्थीहरूले आफ्नो शुल्क भुक्तानी गर्दा बैंक शाखामा उपस्थित भई कागजी भौचर भर्नुपर्ने, काउन्टरमा लामो लाइन लाग्नुपर्ने र बैंकले भुक्तानी जम्मा लिएको भौचर क्याम्पस प्रशासनमा बुझाउनुपर्ने बाध्यता रहेको थियो ।

यस सम्झौतासँगै विद्यार्थीहरूले गर्नुपर्ने कागजी काम तथा नगद बोक्नुपर्ने बाध्यता हट्दै समय र लागत कम भएको छ भने क्याम्पस प्रशासनले आफ्नो डाटा, जानकारी, आर्थिक व्यवस्थापन, अडिट तथा रिपोर्टिङ जस्ता कार्य रियल टाइममा गर्न सकिने भएको छ ।

डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले यी क्याम्पसको भुक्तानीलाई डिजिटाइज गरेसँगै अब विद्यार्थीहरूले आफ्नो शुल्क बिना कुनै लाइनमा बसी सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ११ बजे

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा