८ पुस २०८२, मंगलबार | December 23, 2025

कलङ्कीमाई मन्दिरको रजत जयन्ती



काठमाडौैं । कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत वर्ष फागुन २५ देखि यही कात्तिक २५ गतेसम्म पदयात्रा, सरसफाइ, रक्तदानलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष वीरबहादुर थापाले कलङ्की चोक जसरी प्रख्यात छ सोही अनुरुपले यहाँको कालिमाता मन्दिरको महिमा पनि सबैले बुझ्न जरुरी रहेकाले मन्दिरको प्रचारप्रसारका लागि विविध कार्यक्रम गरिने बताए ।

कामपा-१४ का वडाध्यक्ष सुमन श्रेष्ठले हिजोका पुस्ताले जोगाएका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका लागि आउने पुस्ताले निरन्तरता दिनुपर्ने बताए । धार्मिक सम्पदाको संरक्षण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।

दुई हजार पाँच सय सदस्य समिति गठन गरी गत समितिले फागुन २५ गते कङ्लकीमाई मन्दिरमा विशेष पूजाआराधाना गरी महोत्सव शुभारम्भ गरेको थियो । संस्थाले यसअघि सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, नववर्षको शुभकामना आदानप्रदान, क्यालेन्डर वितरण, कङ्लकीदेखि कालुपाण्डे समाधिस्थलसम्म पदयात्रा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

संस्थाले आउँदो शनिबार रक्तदान कार्यक्रम, यही असार ३० गते धार्मिक प्रवचन, साउन २७ गते बूढानीलकण्ठ, गुहेश्वरी मन्दिर भ्रमण, भदौ २३ गते विद्यालयस्तरीय दौड प्रतियोगिता, घटस्थापनादेखि नवमीसम्म विभिन्न धार्मिक कार्यक्रम र कात्तिक २५ गते स्मारिका प्रकाशन, ज्येष्ठ सदस्य, विद्यार्थी, गरिब नागरिकको सम्मान र भोजनको आयोजना गर्ने संस्थाका अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : ५८ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३