७ आश्विन २०८३, बुधबार | September 23, 2026

कलङ्कीमाई मन्दिरको रजत जयन्ती



काठमाडौैं । कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत वर्ष फागुन २५ देखि यही कात्तिक २५ गतेसम्म पदयात्रा, सरसफाइ, रक्तदानलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष वीरबहादुर थापाले कलङ्की चोक जसरी प्रख्यात छ सोही अनुरुपले यहाँको कालिमाता मन्दिरको महिमा पनि सबैले बुझ्न जरुरी रहेकाले मन्दिरको प्रचारप्रसारका लागि विविध कार्यक्रम गरिने बताए ।

कामपा-१४ का वडाध्यक्ष सुमन श्रेष्ठले हिजोका पुस्ताले जोगाएका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका लागि आउने पुस्ताले निरन्तरता दिनुपर्ने बताए । धार्मिक सम्पदाको संरक्षण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।

दुई हजार पाँच सय सदस्य समिति गठन गरी गत समितिले फागुन २५ गते कङ्लकीमाई मन्दिरमा विशेष पूजाआराधाना गरी महोत्सव शुभारम्भ गरेको थियो । संस्थाले यसअघि सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, नववर्षको शुभकामना आदानप्रदान, क्यालेन्डर वितरण, कङ्लकीदेखि कालुपाण्डे समाधिस्थलसम्म पदयात्रा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

संस्थाले आउँदो शनिबार रक्तदान कार्यक्रम, यही असार ३० गते धार्मिक प्रवचन, साउन २७ गते बूढानीलकण्ठ, गुहेश्वरी मन्दिर भ्रमण, भदौ २३ गते विद्यालयस्तरीय दौड प्रतियोगिता, घटस्थापनादेखि नवमीसम्म विभिन्न धार्मिक कार्यक्रम र कात्तिक २५ गते स्मारिका प्रकाशन, ज्येष्ठ सदस्य, विद्यार्थी, गरिब नागरिकको सम्मान र भोजनको आयोजना गर्ने संस्थाका अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई