४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा दरबार हत्याकाण्डको स्मरण गर्दै दीप प्रज्वलन



बुटवल । नेपालमा राजदरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको स्मृतीमा शुक्रबार बुटवलमा दीप प्रज्वलन गरिएको छ  ।

हिमानी ट्रस्टको आयोजनामा बुटवल-११ देविनगर चोकमा दीप प्रज्वलन गरिएको हो ।

स्व. राजा विरेन्द्र शाहको २२ वर्षअघि आजकै दिन वंशनाश भएको स्मृतीमा दीप प्रज्वलन गरिएको रुपन्देही सहसंयोजक प्रजुना श्रेष्ठ शिलवालले बताइन । हिन्दु धर्मको पहिचानका रुपमा रहेका राज परिवारको नरसंहार हुनु नेपाली जनताको कालो हिमानी ट्रस्टको रुपमा रहेको उनले बताइन । २०५८ जेठ १९ गते राति तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । हालसम्म पनि हत्याकाण्ड रहस्यमय हुनु नेपाली जनताका लागि दुःखद रहेको हिमानी ट्रस्ट रुपन्देही कि सदस्य कृशा न्यौपानेले बताइन ।

कार्यक्रमको सञ्चालन गर्दै भिमनाथ शर्मा सम्पूर्ण नेपालीको एकताको पहिचान राज संस्थाको अन्त्य हुनेगरी भएको हत्याकाण्डको निस्पक्ष छानविन र दोषिमाथि कारबाही हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको