४ श्रावण २०८३, सोमबार | July 20, 2026

बुटवलमा नारायणहिटी दरबार हत्याकाण्डको स्मरण गर्दै दीप प्रज्वलन



बुटवल । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको नारायणहिटी दरबार हत्याकाण्डको सम्झनामा बुटवलमा दीप प्रज्वलन गरिएको छ । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको राजदरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको स्मृतीमा हिमानी ट्रस्ट रुपन्देहीले शनिबार बुटवल(११ देविनगरमा दीप प्रज्वलन गरिएको हो ।

स्व. राजा विरेन्द्र शाहको परिवारको २३ वर्षअघि आजकै दिन वंशनाश भएको स्मृतीमा दीप प्रज्वलन गरिएको हिमानी ट्रस्ट रुपन्देहीको संयोजक प्रजुना श्रेष्ठ शिलवालले बताइन । हालसम्म पनि हत्याकाण्ड रहस्यमय हुनु नेपाली जनताका लागि दुःखद रहेको कार्यक्रमका अतिथि रुपसिंह थापाले बताए ।

करिब ३ सय जना सहभागी रहेको कार्यक्रमको स्वागत कृशला न्यौपाने, सञ्चालन भिमनाथ शर्मा र व्यवस्थापन रोशन क्षेत्रीले गरेका थिए ।

२०५८ जेठ १९ गते राति सवा ९ बजे नारायणहिटी राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन् ।

शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् ।

२०६२/६३ को जनआन्दोलनमार्फत पुनस्स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : २६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री