१९ माघ २०८२, सोमबार | February 2, 2026

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आणविक अप्रसार सन्धीका कार्यकारी सचिव रोर्बटबीच भेटवार्ता



काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धी संगठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएड बिच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएड बिच सिंहदरबार स्थित संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निशस्त्रीकरणको पक्षधर भएको बताए ।

‘सबै प्रकारका हतियारको निशस्त्रिकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रही आएको छ,’ उनले भने, ‘नेपाल हात–हतियार दौडको विरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्व र सम्पूर्ण निशस्त्रिकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरुप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’

अध्यक्ष तिमिल्सिनाले संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरुको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताए ।

नेपाल शान्ति र अहिंसाका प्रर्बद्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराए । सिटिबिटीयोका कार्यकारी सचिब फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धी अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धी अनुमोदन हुने विश्वास ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १२ : १५ बजे

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई

बुटवल-गोरुसिङ्गे सडक बिस्तारमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई बिष्णु पौडेलको चेतावनी

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

महेन्द्रनगर । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य