३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमायो : अध्यक्ष तिमिल्सिना



काठमाडौं । रााष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमाएको बताएका छन् ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको निधनप्रति शोक वक्तव्य जारी गर्दै अध्यक्ष तिमिल्सिनाले नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता तथा नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको बताएका हुन् ।

दुःखको यस घडीमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

 शोक वक्तव्य

संविधान सभाका अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ः३० बजे भएको अप्रत्यासित निधनले मर्माहित भएको छु । २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलन पछि पूर्नस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधान सभामा अध्यक्षको रुपमा उहाँले खेल्नु भएको नेतृत्वदायी भूमिकाको मुलुकले सदा स्मरण गरिरहने छ । नेपालको शान्ति प्रकृया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसंग सहज संवादका माध्यमबाट सहमती, सहकार्य एंव एकता कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुकरणीय छ । उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको छ । राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता गुमाएको छ । दुःखको यस घडीमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

गणेशप्रसाद तिमिल्सिना
२०८० साल भदौ २६ गते, मंगलबार ।
 

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ३ : १९ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय