२४ माघ २०८२, शनिबार | February 7, 2026

रकम कुम्ल्याएर बेपत्ता भएका शाइन सहकारीका अध्यक्ष विदेश उड्ने हल्ला सुनेपछि प्रहरी गुहार्दै बचतकर्ता



बुटवल । बचतकर्ता, लगानीकर्ता र कर्मचारीको लाखौ रकम लिएर बेपत्ता भएका शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनालको खोजी गर्न इलाका प्रहरी कार्यालय बुटवलले तदारकता नदेखाएको भन्दै बचतकर्ताहरु जिल्ला प्रहरी कार्यालय गुहार्न भैरहवा पुगेका छन् ।

बुटवलबाट सम्पर्क बिहिन भएका खनाल विदेश जाने हल्ला सुनेसँगै बचतकर्ताहरू उनालाई विदेशजानबाट रोक्न माग गर्दै जिल्ला प्रहरी कार्यालय गुहार्न पुगेका हुन् ।

बचतकर्ताहरुको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले सबै युनिटहरुमा खोजविनका लागि पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बचतकर्ताले अध्यक्ष खनाल बुधबार विदेश जान लागेको जानकारी पाएपछि विदेश जानबाट रोक लगाउन भन्दै प्रहरीमा निवेदन परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । उनले सहकारीका अध्यक्ष खनालको खोजविनका लागि मातहतका युनिटहरुमा सूचित गरिएको पनि बताए ।

सहकारीबाट पीडित बचतकर्ता टेकराज पन्थीले अध्यक्ष खनाल विदेश जान सक्ने देखिएकाले प्रहरीमा सहयोग मागिएको बताए । सम्पर्क बाहिर रहेका खनालले काठमाडौंमा रहेको सूचना सार्वजनिक गरेपनि उनी अर्घाखाँचीको मैदानामा पछिल्लो पटक देखिएको स्रोतले दाबी गरेको छ । पछिल्लो सम्पर्कमा अध्यक्ष खनालले केही मिडियामा समाचार आएपछि आफू सम्पर्कविहीन हुनुपरेको जानकारी दिँदै छिट्टै सबैको हिसाव मिलाउने आश्वासन दिएको पीडितहरूले बताएका छन्।

खनालले बचतकर्ता, लगानीकर्ता सहित कर्मचारीको तलव र सहकारीमा राखेको निक्षप रकम समेत कुम्ल्याएर बेपत्ता भएको पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ३४ बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार