१० आश्विन २०८०, बुधबार | September 27, 2023

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन (भिडियो सहित)



बुटवल । नेपाली कथानक चलचित्र रोशनीको गीत जुनी जुनीको शुक्रबार बुटवलमा विमोचन गरिएको छ । चलचित्र रोशनीको मुख्य अंशका रुपमा रहेको उक्त गीतमा गायक अनिल पहाडी गायिका अन्जु पन्तले स्वर दिएका छन् ।

गीत विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त गरे । चलचित्रले देखाउन खोजेको मूल सन्देशलाई थप अर्थपूर्ण र मिठासका लागि यो जुनी जुनी बोलको गीतले सहयोग गर्ने उनले बताए ।

डा. कृष्णहरु बरालको शब्द रहेको गीतमा चलचित्रका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीको अभिनय रहेको छ । यसैगरी चलचित्र रोशनीको शनिबार बुटवलमा च्यारिटी शो हुने भएको छ । बुटवलको मिलन हलमा दिउसो २:४५ बजेदेखि सोको आयोजना गरिएको निर्माता रमेश आब्जुले जानकारी दिए ।

चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले च्यारिटी शोमा करिब १ हजार दर्शकको उपस्थिती रहने जानकारी गराए । बुटवलसहित मुलुकका विभिन्न शहरहरुमा गएर चलचित्र छायाँकन गरिएको जानकारी दिए । ५० लाख बढी लगानी गरिएको यो चलचित्रले दर्शकलाई फिल्म अवधिभर पूर्णरुपमा भुलाउन सक्ने क्षमता रहेको दाबी गरे ।

यसैगरी निर्माता मलिन भारी, चलचित्रका नायक नितन पल लगायतले बोल्दै संघीय राजधानी काठामाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको चलचित्र भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार मनिष पन्त, संगीतकार सुरेश सेन्चुरी, गायक सौगात सायर, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगर, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली लगायतले फिल्म तथा जुनी जुनी बोलको गीतलाई सफलताको शुभकामना व्यक्त गरे ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले सम्पूर्ण फिल्म निर्माता तथा कालाकार टिमलाई बधाई ज्ञापन गरे । फिल्म समावेश गरिएको जुनी जुनी बोलको गीतले साच्चै नै मनको गहिराईलाई बुझ्न सक्ने र समसामयीक धरातलमा रहेर तयार पारिएको भनि प्रशंसा व्यक्त गरे ।

अधिकांश स्थानीय कालकारहरुको सहभागीता रहेको रोशनी फिल्म र त्यसमा समावेश गीतलाई यहाँका दर्शक तथा स्रोताले साथ दिनका लागि समेत उनले आग्रह गरे । कार्यक्रम डि.बी. सुस्लिङको सञ्चालनमा भएको थियो ।

भिडियो सहित

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : ३६ बजे

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई

Namaste Academy Receives Inspection and Praise from Ofsted Education Inspector

Rupandehi, Nepal, September 27, 2023 – In a significant milestone

कुशल र दीपेन्द्रको कीर्तिमानी व्याटिङमा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी ३१४ रन

काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली

बेलहिया नाकामा अमेरिकन नागरिकलाई स्वागत गर्दै विश्व पर्यटन दिवसको थालनी

बुटवल । भारतिय बाटो हुँदै रुपन्देही प्रवेश गरेका पर्यटकलाई स्वागत