८ चैत्र २०८२, आइतबार | March 22, 2026

भन्सार छलेर पाल्पा पुग्दै गरेको ठुलो परिमाणको युरिया मल बरामद



पाल्पा । पाल्पा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । नवलपरासीबाट पाल्पा तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सो अवैध मल बरामद गरेको हो ।

आज बिहान ८ बजेको समयमा नवलपरासीबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक चेकजाँचका क्रममा बिना बिलबिजकको ३७२ बोरा युरिया मल बरामद भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाल्पा रम्भा गाउँपालिका १ हुँगी स्थित कालिगण्डकी करिडोर सडक खण्डमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरी टोलीले नवलपरासीबाट रामपुर पाल्पा तर्फ जाँदै सो ट्रक चेकजाँच गर्ने क्रममा ट्रकभित्र भारतिय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल ३७२ बोरा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए । बरामद मलको बिलबिजक नभएको र अन्दाजी मुल्य २ लाख ९७ हजार ६०० रहेको उनले बताए ।

मलको मुल्य अनुमान गरेको प्रहरीले भन्सार छलेर भित्राउने र पाल्पा ढुवानी गर्ने ब्यक्तिको नाम भने खुलाएको छैन । भन्सार छल्नेको विषयमा अनुसन्धान गर्ने काम भन्सारकै भएकाले बिल नदेखाएपछि भन्सार पठाईएको डीएसपी थापाले बताए ।

ट्रक र ट्रक चालक सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी भन्सार कार्यालयतर्फ पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ११ : ४६ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल