२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्यूठान कार दुर्घटना : ७ जनाको सनाखत (नामसहित)



दाङ । प्यूठानको  भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा भएको दुर्घटनाबाट मृत्यु भएको ८ जना मध्य ७ जनाको सनाखत भएको छ ।

आज मध्यान्ह सो दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको थियो । सनाखत भएका मृतकहरुमा तुल्सीपुर १५ कोठरीका ३५ वर्षिया सरिता शर्मा पोख्रेल, पोख्रेलका १४ वर्षिय छोरा विशाल पोख्रेल र अर्का ९ वर्षिय छोरा विकाश पोख्रेल, लमही ७ गढवा ४० वर्षिय गोविन्द शाह र उनकि श्रीमती ३० वर्षिया राधा नेपाली तथा र उनीहरुका ९ वर्षिय छोरा आदित्य शाह रहेका छन् । कार चालक लमही ४९ का तारा कुमालको पनि मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीले जानकारी दिए । उनका अनुसार १ जनाको सनाखत हुन बाँकी रहेको छ ।

कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईलाका प्रहरी कार्यालय भिग्रीले जनाएको छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने स्थानमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल