६ पुस २०८२, आइतबार | December 22, 2025

दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना, मृतक ८ जनाकै सनाखत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यूठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् । “प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ ।

थप १ जनाको पनि सनाखत
आज मध्यान्ह भएको कार दुर्घटनामा सनाखत हुन बाँकी १ जनाको पनि सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर सुबेदी रहेको प्रहरीले जनाएको छ । अन्य ७ जनाको साँझ अवेर सनाखत भएको थियो ।

सो दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको थियो । सनाखत भएका मृतकहरुमा तुल्सीपुर १५ कोठरीका ३५ वर्षिया सरिता शर्मा पोख्रेल, पोख्रेलका १४ वर्षिय छोरा विशाल पोख्रेल र अर्का ९ वर्षिय छोरा विकाश पोख्रेल, लमही ७ गढवा ४० वर्षिय गोविन्द शाह र उनकि श्रीमती ३० वर्षिया राधा नेपाली तथा र उनीहरुका ९ वर्षिय छोरा आदित्य शाह रहेका छन् । कार चालक लमही ४९ का तारा कुमालको पनि मृत्यु भएको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १० : ११ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको