१० पुस २०८२, बिहिबार | December 25, 2025

परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए ।

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ५ : ४० बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु