३१ बैशाख २०८१, सोमबार | May 14, 2024

नेपाल प्रहरीका २७ डीएसपीको सरुवा, को कहाँ ? (विवरणसहित)



काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले २७ जना डिएसपीको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको परिपत्र अनुसार काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणमा कार्यरत डिएसपी तुलसीराम अर्याललाई इलाका प्रहरी कार्यालय, टीकापुर पठाइएको छ भने दोस्रो नम्बरमा रहेका इलाका प्रहरी कार्यालय, टीकापुरका डिएसपी उद्धवसिंह भाटलाई विशेष सुरक्षा गण, सुनवलमा सरुवा गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, आन्तरिक टर्मिनल, भैरहवामा कार्यरत डिएसपी रविन्द्रमान गुरुङ्ग प्रहरी वृत्त, सिंहदरबार तानिएका छन् भने जिल्ला प्रहरी कार्यालय अछामबाट डीएसपी नारायण डाँगीलाई जिल्ला प्रहरी कार्यालय बाँके सरुवा गरिएको छ ।

त्यसैगरि कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी नायव महानिरीक्षकको सचिवालय, विराटनगरमा दरबन्दी रहेका डिएसपी सन्तोष तामाङलाई नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको जिम्मेवारी सम्हालिरहेकी डिएसपी चिनीमाया तामाङ्गलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, अनुगमन तथा मूल्याङ्कन शाखा पठाइएको पुगेकी छन् ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ६ : ०१ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक