२२ मंसिर २०८२, सोमबार | December 8, 2025

भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न÷नगराउन निर्देशन दिएका छन् ।

मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै उक्त कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।

मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न कार्यनीति लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।

मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : ३० बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द