३ चैत्र २०८२, मंगलबार | March 17, 2026

‘लब्ली’ पुजा अब एक्सन हिराेइनकाे अवतारमा प्रकट हुने



काठमाडौं । अभिनेत्री पुजा शर्मालाई दर्शकले फिल्ममा एक्सन अवतारमा सायदै कमैमात्र देखेका छन् । किनकी उनी बढी मात्रामा प्रेमकथाका फिल्ममा मात्र देखिन्छिन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ ।

फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजम देखिँदैछन् । कुन्साङको यो डेब्यू फिल्म हो । फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यस अगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।

‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ,’ रुपेशले भने ।

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् ।

श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : २६ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको