१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

एनआरएनएको विवाद समाधान



काठमाडौं । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आज सहमति भएको हो । दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएका हुन् । एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समेत भूमिका खेलेका थिए । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न असहज भएको उल्लेख गर्दै एक ठाउँमा आएकामा खुसी लागेको बताए । दुई समूहको विधानलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणित गराई एउटै बनाउन उनले सुझाव दिए ।

विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्ष डा बद्री केसी र विनोद कुँवरले लामो समयदेखि वार्ता तथा संवादलाई जारी राखेको एनआरएनएले जारी विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनएका अभियन्ता जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । सहमतिअनुसार आगामी अक्टोबरमा ११औँ महाधिवेशन र निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : ५९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले