७ आश्विन २०८३, बुधबार | September 23, 2026

झापाको वन क्षेत्रमै हात्तीका आहाल र आहारा



बनियानी । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल-३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी-१ साधुपर्ती सामुदायिक वन हाताभित्र दुई वटा पोखरी निर्माण गरिएको छ । रु १० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो । हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उनले बताए ।

त्यस्तै, जिल्लाकै आठ वटा समुदायिक वनमा चार हजार बाँस र दुई हजार आठ सय केराको बिरुवा लगाउन थालिएको छ । “बिरुवा रोप्न खाल्डो खनेर तयारी अवस्थामा राखिएको छ”, डिभिजन वन कार्यालय झापाकी अधिकृत रञ्जना पुरीले भनिन, “बिरुवा रोप्न खाल्डो खन्ने काम सकिएको छ, वर्षा सुरु भयो अब बिरुवा लगाइने छ ।”

जिल्लाको मनकामना सामुदायिक वनमा बाँसका बिरुवा एक हजार र केरा आठ सय, साधुपर्ती सामुदायिक वनमा बाँस एक हजार र केरा चार सय ६०, पूर्व देउराली सामुदायिक वनमा चार सय केरा, पाथीभरा कालिका सामुदायिक वनमा बाँस आठ सय र केरा दुई सय, दियालो सामुदायिक वनमा बाँस दुई सय र केरा चार सय, विशाल सामुदायिक वनमा बाँस चार सय, दुर्गाभिट्टा सामुदायिक वनमा केरा चार सय र मायालु सामुदायिक वनमा बाँस छ सय र केरा दुई सय वटा बिरुवा लगाइने छ ।

वन क्षेत्रमा बाँस र केरा लगाउन रु १५ लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो । यसबाट मुख्यतः मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ । झापाका सामुदायिक वनमा एक दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ५६ बजे

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।