२० मंसिर २०८२, शनिबार | December 7, 2025

पाल्पामा गर्मी छल्न र घुम्न आउनेहरु मध्य ११ महिनामा २१ जनाको डुबेर मृत्यु



पाल्पा । पाल्पा जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले सतर्कता अपनाउन स्थानीय पालिकाहरुलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षको असार २ गते सम्म पाल्पामा २१ जनाको डबेर ज्यान गएपछि स्थानीय तालतलैयाहरुमा सावधानी अपनाउन र सचेतना बढाउन प्रहरीले स्थानीय पालिकाहरुलाई आग्रह गरेको हो ।

चालु आर्थिक वर्षको असार २ गते सम्म जिल्लाका ,विभिन्न स्थानमा २१ जनाको मृत्यु भएकोमा तिनाउ गाँउपालिकाको तिनाउको ड्याम र भूतखोलामा मात्र ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार सो अवधिमा १० जना पुरुष, २ जना महिला, ५ जना बालक र ४ जना बालिकाको डुबेर मृत्यु भएको छ । सो क्रममा तिनाउ ३ स्थित भुतखोला, ड्याम र तिनाउ खोलामा मात्र १ महिला, ६ जना पुरुष र २ जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अत्याधिक गर्मीका कारण गर्मी छल्न भन्दै रुपन्देही र त्यस आसपासका नागरिकहरु रहेको पनि प्रहरीले जनाएको छ । भारतबाट घुम्न आएको पर्यटकको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको दर बढेसँगै प्रहरीले स्थानीय पालिकाहरुलाई पर्यटन प्रवर्द्धन गर्न भन्दै स्थानीय पालिकाले बनाएका तालतलैयाहरुमा सावधानी अपनाउन र जोखिम कम हुने व्यवस्था मिलाउन स्थानीय पालिकाहरुलाई प्रहरीले आग्रह गरेको छ । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्थानीय तहबाट सो स्थानमा सुरक्षाका उपायहरु अपनाउनको लागी सचेत बनाउन प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : ५४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल