२९ असार २०८३, सोमबार | July 13, 2026

डण्डा खोलामा डुबेर शान्ति नमुना माबीका २ बिद्यार्थीको मृत्यु



बुटवल । भैरहवा स्थित डण्डा खोलामा डुबेर २ किशोरको मृत्यु भएको छ । आज अपरान्ह पौडी खेल्न गएका २ किशोरको डण्डा खोलामा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालको छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपाने रहेका छन् । मृतक दुबै किशोर रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्रामका बिद्यार्थी हुन् । उनीहरुले शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत थिए ।

शनिबार दिउँसो करीव डेढ २ बजेको समयमा भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खेल्न गएका ५ जना मध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत न्यौपाने र अर्यालको डुबेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो ।

रुपन्देहीका प्रहरीका अनुसार प्रहरीमा बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा साढे चार बजे बजे डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थिए । दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र भोली आइतबार मात्र पोष्टमार्टम गरिने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी गणेश सापकोटाले बताए ।

प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य ३ जनासँग पनि सोधपुछ गरेको जनाएको छ । प्रहरीका अनुसार गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि नसकेपछि आफुहरु फर्केको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १० : ५९ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको