१८ चैत्र २०८२, बुधबार | April 1, 2026

अमेरिका-चीन वार्ता : तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रतिवद्धता



बेइजिङ । अमेरिका र चीनले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने वाचा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफनो दुई दिने बेइजिङ भ्रमणपछि सो जानकारी दिएका हुन् ।

ब्लिन्केनले प्रतिद्वन्द्वी महाशक्तिहरू बीच उच्चस्तरीय सञ्चार पुनः सुरु गर्दै सोमबार वार्ताका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए । सीले भने कि उनीहरूले प्रगति गरेका छन्, जबकि श्री ब्लिन्केनले संकेत गरे कि दुबै पक्ष थप वार्ताका लागि थप खुला छन् । तर शीर्ष अमेरिकी कूटनीतिज्ञले भने त्यहाँ ठूलो भिन्नता रहेको छ ।

‘मैले जोड दिएँ कि, ‘उच्च स्तरको संबाद  जिम्मेवारीपूर्वक भिन्नताहरू व्यवस्थापन गर्न र प्रतिस्पर्धालाई द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्ने उत्तम तरिका हो,’ ब्लिन्केनले तियानमेनको ग्रेट हल अफ द पिपुलमा ३५ मिनेटको बैठकपछि पत्रकारहरूलाई भने ।

‘मैले मेरो चिनियाँ समकक्षीहरूबाट पनि यस्तै सुनेको छु,’ उनले भने, ‘हामी दुबै हाम्रो सम्बन्धलाई स्थिर बनाउनका लागि सहमत छौं ।’

बेइजिङ र वाशिंगटन बीचको सम्बन्ध ट्रम्प युगको व्यापार युद्ध, ताइवान माथि बेइजिङको दृढ दाबी र यस वर्षको सुरुमा अमेरिकामा कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि खस्किएको थियो ।

ब्लिन्केनको भ्रमण, लगभग पाँच वर्षमा शीर्ष अमेरिकी कूटनीतिज्ञद्वारा चीनमा गरिएको यो पहिलो भ्रमण हो । चिनियाँ राष्ट्रपति सीले दुई देश बिचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउनु पर्नेमा जोड दिएका छन्  ।

‘दुवै पक्षले प्रगति पनि गरेका छन् र केही विशेष मुद्दाहरूमा सहमतिमा पुगेका छन्,’ अमेरिकी राज्य विभागले जारी गरेको आफ्नो टिप्पणीमा भनेको छ, ‘यो धेरै राम्रो छ ।’

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ६ : ५७ बजे

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७