९ माघ २०८२, शुक्रबार | January 23, 2026

रुसको बारुद कारखानामा बिष्फोट, ४ जनाको मृत्यु



मस्को । बारुद बनाउने कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । मस्कोको दक्षिणपूर्व ताम्बोभ क्षेत्रमा रहेको एउटा गोलाबारुद कारखानाले विष्फोटबारे एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

जसअनुसार कारखानामा मजदुर काम गरिरहेको अवस्थामा सो विस्फोट भएको हो । ‘सो घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्,’ ताम्बोभ गोलाबारुद कारखानाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । यसरी मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले आतंकवादी हमलाको भने खण्डन गरेका छन् । ठूला अपराधको छानबिन गर्ने छानबिन समितिले सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै अनुसन्धान थालेको जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएदेखि मस्को उच्च सतर्कतामा रहेको छ । र, रूसी क्षेत्र भित्र गहिरो स्थापनाहरूमा धेरै ड्रोन आक्रमणहरू भएका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३४ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा