४ आश्विन २०८३, आइतबार | September 20, 2026

रुसको बारुद कारखानामा बिष्फोट, ४ जनाको मृत्यु



मस्को । बारुद बनाउने कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । मस्कोको दक्षिणपूर्व ताम्बोभ क्षेत्रमा रहेको एउटा गोलाबारुद कारखानाले विष्फोटबारे एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

जसअनुसार कारखानामा मजदुर काम गरिरहेको अवस्थामा सो विस्फोट भएको हो । ‘सो घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्,’ ताम्बोभ गोलाबारुद कारखानाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । यसरी मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले आतंकवादी हमलाको भने खण्डन गरेका छन् । ठूला अपराधको छानबिन गर्ने छानबिन समितिले सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै अनुसन्धान थालेको जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएदेखि मस्को उच्च सतर्कतामा रहेको छ । र, रूसी क्षेत्र भित्र गहिरो स्थापनाहरूमा धेरै ड्रोन आक्रमणहरू भएका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन