१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक



काठमाडौं  । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले फेरि आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो ।

जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार १७ गतेलाई तोकिएको छ । जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । रिपोमा सहभागी हुन बैंकहरुले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ ।

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । यसअघि बिहीबारमात्रै राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो । यो रिभर्स रिपोमा राखिएको रकम बैंकहरुले असार १४ गते फिर्ता पाउनेछन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ३८ बजे

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र