८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रधानमन्त्रीलाई आफ्नो सचिवालय विघटन गर्न सांसद पाण्डेको सुझाव



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन् ।

‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उनको टिप्पणी थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री प्रचण्डको सचिवालय अस्तव्यस्त रहेको दाबीसमेत गरे ।

प्रधानमन्त्री प्रचण्डले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत निकायलाई कायमै राखेकोमा पनि उपाध्यक्ष पाण्डेले आपत्ति जनाए । उपाध्यक्ष पाण्डेले सरकारले ल्याएको बजेट सन्तुलित नभएको भन्दै असन्तुष्टिसमेत जनाएका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : ०३ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा