२८ आश्विन २०८३, बुधबार | October 14, 2026

जानकारी बिना गठबन्धन भत्काएकामा एकीकृत समाजवादीको असन्तुष्टि, विश्वासको मत भने दिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सो कुरा बताएका हुन् ।

नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा विदेसिनुपर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराए ।

संसद्बाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्दै विद्यार्थी अध्ययनका लागि विदेसिनु परेको बताए । उनले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिए । साथै उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ३७ बजे

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि ‘कन्तबिजोग’ खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको