७ माघ २०८२, बुधबार | January 21, 2026

पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमलाई



पोखरा । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले चुमेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि चुमेको हो ।

२ वटौ बिधाको प्रतियोगिताको उपाधि चुमेको सिचुवान ड्रागन बोट टिमले ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ भने चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ ।

२ सय र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएको नेपाली टिमले ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ । तेस्रो भएको युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।

प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

८ वटा ड्रागन बोट पोखरालाई हस्तान्तरण

ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा (नौका) चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । केरुङ नाका हुँदै पोखरा ल्याइएको काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा चीन सरकारले पोखरा महानगरलाई हस्तान्तरण गरेको हो ।

चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सव यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल चीनमा महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डर ‘लुनार’अनुसार पाँचौं महिनामा यसलाई चीनमा भव्य रुपमा मनाउने गरिएको छ ।

नेपालमा पहिलो पटक महोत्सव मनाउन चीनबाटै खेलाडीसहित विभिन्न प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार बुधबार चिनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजबाट बुधबार बिहान पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ०० बजे

निर्वाचन आउन ४३ दिन बाँकी : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१