३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रुपन्देहीका उद्यमी महिलाहरु औद्योगिक भ्रमणमा



बुटवल । रुपन्देही उद्योग संघमा आवद्ध महिला उद्यमीहरुको एक टोली औद्योगिक अध्ययन भ्रमणका लागि शनिवार चितवनतर्फ गएको छ । संघमा आयोजित एक कार्यक्रममा सो टोलीलाई बिदाई गरिएको थियो ।

महिला उद्यमी वस्तुगत समिति संयोजक दिलु शाहीको नेतृत्वमा रहेको महिला उद्यमीहरुको भ्रमण टोलीलाई संघका द्वितिय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली तथा कोषाध्यक्ष हिरामणी भट्टराईले बिदाई गरेका थिए ।

सो अवसरमा बोल्दै प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले अनुभव आदानप्रदान तथा क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको संस्थागत अध्ययन अवलोकन भ्रमणले उद्यमशीलताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा आर्जन गरेको अनुभवलाई कार्यक्षेत्रमा आएर व्यवहारमा उतार्न सकिएमा त्यसले उत्पादनमा नयाँपन ल्याउने बताए ।

भ्रमण टोलीमा सहभागी महिला सचिव मन्जु भुसालले वर्षििक कार्यक्रम अन्तरगत आयोजना गरिएको भ्रमणले धेरै कुरा सिक्ने अवसर पाउने बताउदै महिला उद्यमीहरुको क्षमता विकासमा बल पुग्ने विश्वास व्यक्त गरिन ।

भ्रमण दलका सदस्य तथा संघको सचिवालय सदस्य जमुना सुवेदी पोखरेलले उद्योग व्यवसायमा पछिल्लो समयमा आएको मन्दी र त्यसले पारेको असरलाई सामना गरेर अगाडी बढ्न तथा महिलाहरुको नेतृत्व विकासमा भ्रमणले हौसला प्रदान गर्ने आशा व्यक्त गरिन ।

दुई दिने अध्ययन अवलोकन भ्रमणका क्रममा सो टोलीले चितवनमा महिलाहरुले सञ्चालनका गरेका उद्योग र व्यवसायहरुको अवलोकन गरि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको भ्रमण टोली संयोजक दिलु शाहीले बताइन । टोलीमा रुपन्देहीका १२ महिला उद्यमीहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ४० बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै