२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

एनआरएन युकेको विवादले पीडितको नाममा उठेको १५ लाख रकम खातामै अड्कियो



बुटवल । एनआरएन युकेमा उत्पन्न विवादले पीडित परिवारका लागि उठाइएको रकम बैंक खातामै अलपत्र परेको छ । अध्ययनका लागि युके पुगेकी २१ वर्षीया सदीक्षा तामाङ बिरामी भई अस्पतालमै मृत्यु भएपछि उनको अन्त्यष्टीका लागि उठाइएको रकम बैंक खातामा खड्किँदा परिवारले सहयोग प्राप्न गर्न नसकेको हो ।

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट उठाइएको रकम खाताबाट निकाल्न नपाउँदा सदीक्षाको अन्त्यष्टीका लागि परिवारलाई रकम अभाव भएको छ । दोलाखामा जन्मिएकी सदीक्षा नेपालकै उत्कृष्ट ‘हेन्ड राइटिङ’ प्रतिभा भएकी विद्यार्थी थिइन् । उच्च शिक्षाका लागि ऋण-धन गरेर गत २६ डिसेम्बर २०२२ युके पुगेकी उनी अचानक बिरामी भएकी थिइन् । उपचारको क्रममा अस्पतालमै मृत्यु भएपछि नेपाल ल्याउने प्रयास गरिए पनि उनमा लागेको भाइरस अन्यलाई समेत सर्न सक्ने भन्दै अस्पतालले अनुमती दिएन । अनुमती नपाउँदा युके मै अन्त्यष्टी गर्न रकम अभाव भएपछि सहयोगका लागि आह्वान गरिएको थियो ।

एनआरएन यूकेका तत्कालिन उपाध्यक्ष सुनिलबाबु खड्काले गलत नियत राखेर संकलन गरिएको रकम निकाल्न नमिल्ने गरि बैंकमा परिपत्र गरेपछि समस्या सिर्जना भएको हो । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरका अनुसार सुनिल बाबुलाई संस्थताको हित बिपरित काम गरेको भन्दै पदमाबाट निलम्बन गरिएको थियो । आफू निलम्बनमा परेपछि सदीक्षाको अन्त्यष्टीका लागि उठेको सहयोग रकम बैंकबाट निकासा गर्न अबरोध सिर्जना गरेका हुन् । सहयोग रकम नपाएपछि सदीक्षाको अन्त्यष्टी गर्न रकम अभावले परिवार अन्यौलमा परेको छ ।

सदीक्षाको मृत्यु भएको गत १० मे देखि अभियान शुरु गरिएपछि स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ८ वटा संस्थाले संकलन गरेको करिब १५ लाख रुपैयां संकलन भएको छ । वर्खास्त गरिएका एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले संकलित चन्दा रकम आफूले हात पार्ने प्रयास गरेको आरोप लागेको छ । नक्कली भुटानी शरणार्थी कुल आचार्य र नारायण कंडेलको योजनामा सुनिलबाबुले सदीक्षाको नाममा संकलित चन्दा खान खोजेको एनआरएनका एक पक्षले आरोप लगाएका छन् ।

अध्यक्ष गाहा मगरका अनुसार संकलित रकम सदीक्षाका बुबालाई बेलायतमै हस्तान्तरण गर्ने योजना रहेको थियो । आउंँदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा हुने फ्यूनरल सर्भिसमा सदीक्षाका बाबु अन्त्यष्टीका लागि यूके जाँदै छन् ।

सदस्यताका नाममा प्रतिव्यक्ति १० पाउण्डका दरले उठाइरहेको रकम तथा पीडितका लागि उठाइएको रकम समेत सुनिलबाबुको समूहले कुम्ल्याउन खोजेको आरोप छ । ‘पोहोर एनआरएनए यूकेको ४० हजार पाउण्ड खायो । अहिले मरेको मान्छेको ९ हजार पाउण्ड पनि खान र्याल चुहाउंदैछ’, एक अभियन्ताले आक्रोश पोखे, ‘सुनिललाई दिवंगतको आत्माले पक्कै पिरोल्नेछ ।’

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ५९ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो