५ पुस २०८२, शनिबार | December 20, 2025

जलहरी प्रकरण : अख्तियारको टोली पशुपतिमा



काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणमा अख्तियारमा उजुरी परेपछि जलहरीको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।

अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली जलहरीको छानविन तथा सो प्रकरणको अनुसन्धानका लागि आज पशुपति पुगेको छ । अघोष्तिरुपमा पशुपतिनाथको मुलगेट सिल गरेर अख्तियार टोलीले मन्दिर भित्र छानविन सुरु गरेको छ । अख्तियारको टोली भित्र प्रवेश गरेसँगै सर्वसाधरणलाई प्रवेश नदिइएको पशपति दर्शनका लागि पुगेका एक भक्तले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरी चढाएको भनिएपनि महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएर हालेको भनिएको पुष्टि नहुने उल्लेख भएर आएपछि जलहरी प्रकरणले चर्चा पाएको थियो।

पशुपति विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले भने सुनमा कुनै प्रकारको बदमासी नभएको दाबी गर्दै आएका छन्। संसदीय समितिमा बयान दिँदै उनले सुनमा घटी आए आफूलाई जस्तो सुकै सजाँय मन्जुर हुने बताएका थिए।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको