१८ चैत्र २०८२, बुधबार | April 1, 2026

रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु, वर्षकै सबैभन्दा ठुलो आक्रमण



दामाकस । आइतबार उत्तरपश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै ब्यस्त र ठुलो बजार थियो । बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् ।

गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरिया माथी आक्रामण गरेर प्रतिक्रिया दिएको हो । तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु (३५) पेसाले मजदुर हुन्, उनले आफु बजारमा रहेको बेला उक्त आक्रामण भएको बताए । कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा उनीमाथि आक्रमण भएको थियो । ‘एक्कासी मेरो अगाडी एउटा चिच्याहट आयो । चारैतिर रगत र चित्कार मात्रै थियो । घाइतेहरुलाई सहयोग गरेको छु । घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ,’ उनले भने ।

सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए । त्यसपछि सहरभरी एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको थियो ।

अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जसमा छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए । जबकि, दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो । इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारणको मृत्यु भएको जनाईएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए। आक्रमणमा परी करिब ३० जना घाइते भएका छन्, जसको हाल स्थानिय अस्पतालमा उपचार भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ०८ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ