६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहायता दिने



बासिंंगटन डिसी । अमेरिकीले युक्रेनलाई थप सहयता दिने घोषणा गरेको छ । अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप ५० करोड अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको हो ।

सुरक्षा प्याकेजमा युक्रेनको रुससँग चलिरहेको द्वन्द्वमा युक्रेनको काउन्टर अफेन्सिभ अपरेसनलाई समर्थन गर्न र हवाई प्रतिरक्षा बलियो बनाउन महत्वपूर्ण क्षमताहरू समावेश छन् ।

‘अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप सुरक्षा सहायताको घोषणा गरेको छ,’ अमेरिकी रक्षा मन्त्रालयले मंगलबार एक आधिकारिक विज्ञप्तिमा भन्यो ।

राष्ट्रपति जो बाइडेनले राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

संयुक्त राज्य अमेरिकाले युक्रेनको तत्काल युद्धकालीन आवश्यकताहरू र दीर्घकालीन सुरक्षा सहायता आवश्यकताहरू पूरा गर्न जारी राख्नेछ, विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा समर्थन प्याकेजमा प्याट्रियट एयर डिफेन्स सिस्टम, स्टिङ्गर एन्टि एयरक्राफ्ट सिस्टम, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको लागि अतिरिक्त गोला बारूद, उच्च गतिको एन्टी माइन क्लियरिङ उपकरणहरू समावेश छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : २५ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का