१९ माघ २०८२, सोमबार | February 2, 2026

तामनगर सामुदायिक सिकाई केन्द्रले राष्ट्रिय धान दिवस मनायो



बुटवल । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा बुटवल-१२ तामनगरमा रहेको तामनगर सामुदायिक सिकाई केन्द्रको अयोजनामा शुक्रबार रोपाई महोत्सव सम्पन्न भएको छ । बाजागाजा र नाचगानसहित आयोजित रोपाई कार्यक्रममा दहीचिउरा खाएर एक-आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले किसानको समस्या समाधानका लागि नगरपालिकाले विशेष योजना बनाएर लागिरहेको बताइन । उपमहानगरले बाझो जमिन नराख्ने नीति लिएको बताउँदै उनले यदी कसैले खेती गर्न चाहँदैन भनेपनि खेति गर्न नसक्ने व्यक्ति आफ्ना छिमेकी कृषकलाई खेतिका लागि जमिन उपलब्ध गराउन समेत आग्रह गरिन् ।

बाझो जमिन नराख्ने योजना अनुसार यदी कसैले आफ्नो जमिन खेती नगरी राखेको अवस्थामा उनीहरुलाई थप कर असुली गर्ने तयारी भएको जानकारी गराइन् । सबै नागरिकले उत्पादनमा लाग्न सकेमा आयात घटेर आर्थिक समृद्धिमा टेवा पुग्ने उल्लेख गरिन् ।

तामनगर सिकाई केन्द्रका अध्यक्ष गिरीराज कुँवर, बुटवल १२ का अध्यक्ष डिल्लीराज शर्मा लगायतले बोल्दै कार्यक्रममा कृषि उत्पादनका लागि राज्यले प्रयाप्त मलखाद, बिउविजन तथा कृषि प्रविधिको व्यवस्था गर्नुपर्नेमा जोड दिए । यसैगरी उत्पादन भएका वस्तुको उजित बजार प्रवन्धन गर्नुपर्नेमा समेत उनीहरुको जोड थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरु रिना भुसाल, गंगा विक, गंगादत्त पौडेल, विष्णु थापा, हाम्रो देउराली कृषि सहकारीका अध्यक्ष हरिहर उपाध्याय, सतगढी कृषि सहकारीका हेमराज शर्मा, नयाँगाउँ खानेपानी तथा सरसफाई संस्थाका रमा केसी, तामनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका जितबहादुर राहादी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : १६ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका