६ श्रावण २०८३, बुधबार | July 22, 2026

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबल



पोखरा । म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३(२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ ।

म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौँ सेटमा क्रमश स् २५-१६, २५-१७ र १५-११ को अन्तरले पराजित गरेको हो । दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५-२१ र २५-१७ को अन्तरले पराजित भएको थियो ।

पर्वतकी पूजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि पाइन् । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले बेष्ट स्पाइक र रेविना घर्तिले वेष्ट सेटरको उपाधि जितिन् ।

यही असार १४ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो । प्रतियोगिताले गण्डकी प्रदेशमा महिला खेलाडी उत्पादनमा जोड दिने लक्ष्य राखिएको छ ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गरेका थिए ।

पछिल्लो समय म्याग्दीका खेलाडीहरुले प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा प्राप्त गरेको सफलताले जिल्लाका खेलप्रेमीहरु उत्साहित भएको भौतिक पूर्वाधारमन्त्री जुग्जालीले बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ०७ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय