काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विधेयक २०८० माथी दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।
साथै सो विधेयकमाथी छलफल भएपछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।



















प्रतिक्रिया