१३ पुस २०८२, आइतबार | December 28, 2025

असारे झरीले किसानलाई राहत



महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ ।

मटिहानीका अजिज राइनले भने, “पानीले बल्ल माटो गलाएको छ ।” पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उनको भनाइ छ । ब्याडमै सुक्दै गएको बीउ अब यो पानीले जाग्ने र एक-दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउँछन ।

भङ्गाहा–४ का ७० वर्षीय जब्बार शेष भने, “अपुग हुने बीउ राखिहाल्दा हुन्छ, पानीले साथ दिइराख्यो भने १५ दिनमा रोप्न मिल्छ ।” साउन मध्यअघि बीउ रोपे धान उत्पादन राम्रै हुने उनले बताए ।

अधिकांश जग्गा आकाशे पानीकै भरमा गरिनुपर्दा यसपालि किसानले दुईतिहाइ भागमा धान रोपाइँ गर्न पाएका छैनन् । पानी नपर्दा धानको बीउ ब्याडमै सुक्दै गएको थियो । अब भने यसअघि राखिएको बीउ पानीले फेरिने र रोपाइँ थाल्न पाइने किसान बताउँछन् ।

ढिलो पानी परेको हुँदा बीउ अपुग हुनसक्ने कुरामा अहिले नै अड्कल गरेर काम गरिँदा अबका २० दिनमा धानको शाही रोप ९बीउरोप० सकिने र भदौ पहिलो सातासम्म खरुअन ९रोपिएको बीउरोपको धान गाँजिएपछि त्यो उखेलेर दोस्रोपटक रोपिने० रोप्न मिल्ने अवस्था छ ।

जिल्लामा कुल खेतीयोग्य जग्गा ७१ हजार हेक्टरमध्ये करिब ५० हजार हेक्टर धानखेती गर्न सकिन्छ । यसमध्ये १० प्रतिशतमात्र सिञ्चित ९कुलो, नहर लाग्ने० हुँदा बाँकीमा आकाशे पानीकै भर पर्नुपर्छ । धानखेतीका लागि जेठ मध्यसम्म बीउ राखिसक्ने ९बीउ ब्याडमा राख्ने, छर्ने० असार मध्यभित्र बीउ रोप सक्ने र साउन मध्यअघि खरुअन रोपिसकिनुपर्ने किसानको परम्परागत तालिका छ । यसपालि पानी नपर्दा यो तालिका खजमजिएपछि धान रोपाइँमा ढिलाइ हुँदै गएको हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ११ : ३५ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि