१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

खानीमा ग्यास चुहिँदा चौविस जनाको मृत्यु



दक्षिण अफ्रिका । बुधबार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।

एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिन्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका बालबालिकाले पनि ज्यान गुमाएका उनले बताए । श्वासप्रश्वास प्रणालीमा नाइट्रेट ग्यासको प्रवेशसँगै उनीहरूको ज्यान गएको उनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । घटनास्थलमा खोज तथा उद्धार जारी छ ।

प्रारम्भमा खानीमा विष्फोट भएको जानकारी प्राप्त भएपछि सुरक्षा तथा उद्धारकर्मी घटनास्थलमा पुगेका तर त्यहाँ विष्फोट नभइ ग्यास चुहिएको वास्तविकता खुलेको प्रवक्ता तलाडीले बताएका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  २ : १८ बजे

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि

निर्वाचन अवधिभर पाँचथरको नेपाल-भारत सीमाबाट आवतजावतमा रोक

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको