२० असार २०८३, शनिबार | July 4, 2026

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

९:०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्न नहुने



काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।

ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।

बेलुका ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुनेछ । बेलुका ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ ।

पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यस वर्ष नेपालबाट दोस्रोपटक यो ग्रहण देखिन लागेको हो ।

गएको भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा, नसके नजिकको नदी, ताल, तलाउ, पोखरी, यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख छ ।

चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा)अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले बताए ।

मंगलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्न नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

विशेष उपकरणविना नै हेर्न सकिन्छ चन्द्रग्रहण

विश्वमा सन् २०२६ मा दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहण लाग्नेछ । नेपालबाट भने आजको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ ।

मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रस्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।

मंगलबार नेपालमा चन्द्रोदयपछि बेलुकी ०७ः०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रस्ट रूपले हेर्न सकिनेछ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एक मात्र ग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

ग्रहण अवलोकन आफ्नो घरको छत वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिनेछ । चन्द्रोदयसँगै नेपालमा सुरु हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उनले बताए ।

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यसक्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, यसलाई नै चन्द्रग्रहण भनिन्छ ।

सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन । किनभने, चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ ।

यस्तै, चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई विन्दुमा काटेको हुन्छ । यी दुई विन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको उनले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ९ : २९ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली