६ पुस २०८२, आइतबार | December 21, 2025

परराष्ट्र मन्त्री साउद र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता



काठमाडौं । असंलग्‍न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ ।

अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : ४४ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक