३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा विद्युत प्राधिकरण स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रातियोगिता हुदैं



बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, खेलकुद विभागको आयोजनामा रुपन्देहीमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता आयोजना गरिएको छ । नेपाल विद्युत प्राधिकरण स्तरिय राष्ट्रिय प्रातियोगिता रुपन्देहीमा पहिलो पटक आयोजना गरिएको हो ।

प्रतियोगिता साउन ४ देखि ६ गते सम्म रुपन्देहीको तिलोत्तमा ब्याडमिन्टन क्लबमा सञ्चालन हुने युनियनका लुम्बिनी प्रदेश अध्यक्ष तथा खेल संयोजक टेक बहादुर बुढाले जानकारी दिऐ ।

प्रतियोगितामा बिभिन्न चार इभेन्ट्समा खेल खेलाइने र बिजेता खेलाडीलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको संयोजक बुढाले जानकारी दिए । प्रतियोगिताका इभेन्टहरुमा मेन्स डबलका विजयी खेलाडी लाई प्रथम पुरस्कार रु ४० हजार, दिृतीय रु २० हजार र तृतीय पुरस्कार रु. १० हजार राखिएको छ ।

यस्तै वोमेन डवल तर्फ प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय राखिएको संयोजक बुढाले जानकारी दिए । यस्तै अधिकृत सतरको इभेन्टमा प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय र भेट्रान डवल तर्फ प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय राखिएको छ ।

उनले प्रतियोगितामा देशभरीका विद्युत प्राधिकरण अन्तर्गतका खेलाडी मध्ये ४ वटै विद्यामा ६० भन्दा बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको बताए ।

प्रतियोगिता अन्तर्गत साउन ४ र ५ गते सेमिफाइनल प्रतियोगिता सञ्चालन हुनेछन भने साउन ६ गते फाइनल प्रातियोगिता सञ्चालन हुने संयोजक बुढाले जानकारी दिए । यस्तै ६ गते उर्जा मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिंसिङको आतिथ्यतामा पुरस्कार वितरण तथा बिशेष कार्यक्रम आयोजना गरिएको बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : २९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका