९ चैत्र २०८२, सोमबार | March 23, 2026

रुपन्देहीमा विद्युत प्राधिकरण स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रातियोगिता हुदैं



बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, खेलकुद विभागको आयोजनामा रुपन्देहीमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता आयोजना गरिएको छ । नेपाल विद्युत प्राधिकरण स्तरिय राष्ट्रिय प्रातियोगिता रुपन्देहीमा पहिलो पटक आयोजना गरिएको हो ।

प्रतियोगिता साउन ४ देखि ६ गते सम्म रुपन्देहीको तिलोत्तमा ब्याडमिन्टन क्लबमा सञ्चालन हुने युनियनका लुम्बिनी प्रदेश अध्यक्ष तथा खेल संयोजक टेक बहादुर बुढाले जानकारी दिऐ ।

प्रतियोगितामा बिभिन्न चार इभेन्ट्समा खेल खेलाइने र बिजेता खेलाडीलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको संयोजक बुढाले जानकारी दिए । प्रतियोगिताका इभेन्टहरुमा मेन्स डबलका विजयी खेलाडी लाई प्रथम पुरस्कार रु ४० हजार, दिृतीय रु २० हजार र तृतीय पुरस्कार रु. १० हजार राखिएको छ ।

यस्तै वोमेन डवल तर्फ प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय राखिएको संयोजक बुढाले जानकारी दिए । यस्तै अधिकृत सतरको इभेन्टमा प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय र भेट्रान डवल तर्फ प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय राखिएको छ ।

उनले प्रतियोगितामा देशभरीका विद्युत प्राधिकरण अन्तर्गतका खेलाडी मध्ये ४ वटै विद्यामा ६० भन्दा बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको बताए ।

प्रतियोगिता अन्तर्गत साउन ४ र ५ गते सेमिफाइनल प्रतियोगिता सञ्चालन हुनेछन भने साउन ६ गते फाइनल प्रातियोगिता सञ्चालन हुने संयोजक बुढाले जानकारी दिए । यस्तै ६ गते उर्जा मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिंसिङको आतिथ्यतामा पुरस्कार वितरण तथा बिशेष कार्यक्रम आयोजना गरिएको बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : २९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा