२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

भैरहवा बजारमा जिल्ला अनुगमन समिति, भन्सार छलेको सामान किन्ने ब्यापारीमाथि जरिवाना



भैरहवा । लामो समयको अन्तराल पछि रुपन्देहीको जिल्ला बजार अनुगमन समिति बजार अनुगमनका लागि बजारमा निस्केको छ । स्थानीय पालिकाहरुले बजार अनुगमन गर्न थालेपछि झण्डै निश्क्रिय बसेको जिल्ला अनुगमन समिति लामो समय पछि बजार अनुगमनमा निस्केको हो ।

अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको, खुद्रा विक्रीको अनुमती लिएर थोक विक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमती नलिएको, लेबल नभएका खाद्यवस्तु विक्री गरेको पाइएपछि ६ वटा पसललाई कारबाहीस्वरुप जरिवना गरिएको अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

अनुगमन समितिले शुक्रबार रुपन्देहीका सिद्धार्थनगर वडा नम्बर ६ र ४ का किराना, होलसेल तथा आलुप्याजका थोक तथा खुद्रा विक्रेता र चामल मिलमा अनुगमन गरेको थियो । उपभोक्ता हीत संरक्षणविपरीत कारोबार गरेको पाइएपछि कानूनी दायरामा ल्याइएको समितिले जनाएको छ । यस्तै, अनुगमन समितिले केही पसलबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न सामाग्री जफत समेत गरेको छ ।

अनुगमन समितिले सिद्धार्थनगर–६, गल्लामण्डीको साहु जनरल स्टोर्सलाई ५० हजार जरिवाना तिराएको छ । उक्त स्टोर्सले खुद्रा वित्रेताको अनुमती लिएर थोकमा विक्री गरिरहेको, अवैध बाटोबाट भित्रिएका सामाग्री विक्री गरेको, साइनबोर्ड तथा मूल्यसूचि नराखेकाले जरिवाना गरिएको अर्यालले बताए । थोक विक्रेताले नगरपालिकाभित्र कम्तिमा ६० लाख पुँजीमा मात्रै कारोबार गर्न पाउँछन् । ‘अनुमति थोरै कारोबार गर्ने भनेर लिने तर कारोबार धेरै गर्ने गरेको पाइयो, अब हामीले यी विषयलाई बढी प्राथमिकता दिएर अनुगमनलाई अझै प्रभावकारी बनाउँछौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।

अनुगमन समितिको जरिवानामा पर्नेमा सिद्धार्थनगर–६ का शिवान्स जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस–विनी स्टोर्स र देविका किराना स्टोर्स छन् । समितिले शिवान्सलाई १५ हजार र अन्यलाई जनही १० हजारका दरले जरिवाना गरेको छ । यी पसहरुबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न बरामद समेत गरिएको छ ।

सिद्धार्थनगर–६ को महाकालेश्वर इन्टरनेशनल तथा सिद्धार्थनगर–४ को शिवकुमार टेड्रिङ र शिवशक्ति राइस मिललाई भने पहिलोपटकलाई सचेत गराइएको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, लुम्बिी प्रदेशका निर्देशक दामोदर भण्डारीले बताए । ‘कुनै पनि बहानामा उपभोक्ता ठगिन हुन्न, कानूनअनुसार कारोबार गर्ने व्यवसायी मर्कामा परेर अवैध कारोबार गर्नेले प्रसय पाउनुहुन्न भन्नेमा हामी सचेत छौं’, भण्डारीले भने, ‘त्यसैले हामीले अनुगमनलाई विगतदेखि नै तिव्रता दिँदै आएका छौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले कारोना महामारीले थलिएका व्यवसायी माथि उठ्दै गरिरहेको अवस्था प्रशासन सधै व्यवसायीको हकहीतमा काम गर्ने तर अवैध कारोवारलाई रोक्न भने लागि पर्ने जनाए । ‘प्रशासन सधै व्यवसायीको पक्षमा छ, सही र बैध कारोबार गर्नेलाई संरक्षण गर्छ, पीरमर्कामा हातेमालो गरेर समस्या समाधानमा लाग्छ,’, उनले भने, ‘गलत गर्नेलाई कानूनी दायरामा ल्याउने र उपभोक्ताको हीतलाई संरक्षण गर्ने कार्यमा भने कटिबद्ध भएर लाग्छ ।’

उनले आफूहरु रुपन्देहीमा आएको करिब ८ महिनामा बजार अनुगमनलाई विशेष प्राथमिकता दिएको जनाए । ‘मेरो नेतृत्वमा अहिलेसम्म करिब १५ पटक बजार अनुगमन भएको छ, अनुगमनका क्रममा कतिलाई कारबाही गरिएको छ भने, कयौंलाई सचेत गराइएको छ’, उनले भने, ‘कुनै पनि बहानामा कालोबजारी मौलाउनुहुन्न भन्नेमा हामी सचेत छौं र सोही अनुसार अनुगमन र नियमन गरिरहेका छौं ।’ अर्यालले प्रशासनको अलबा बाणिज्य कार्यालय र घरेलु कार्यालय पनि दैनिक अनुगमन गरी अवैध सामान जफत गर्ने र गलत गर्नेलाई कानूनी दायरामा ल्याइरहेको जनाए । उनले जिल्ला अनुगमन समितिले अनुगमनलाई तिव्रता दिएकाले कसैले पनि अवैध कारोबार नगर्न–नगराउन तथा कानूसम्मत कारोबार गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ५३ बजे

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?