३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

भैरहवा बजारमा जिल्ला अनुगमन समिति, भन्सार छलेको सामान किन्ने ब्यापारीमाथि जरिवाना



भैरहवा । लामो समयको अन्तराल पछि रुपन्देहीको जिल्ला बजार अनुगमन समिति बजार अनुगमनका लागि बजारमा निस्केको छ । स्थानीय पालिकाहरुले बजार अनुगमन गर्न थालेपछि झण्डै निश्क्रिय बसेको जिल्ला अनुगमन समिति लामो समय पछि बजार अनुगमनमा निस्केको हो ।

अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको, खुद्रा विक्रीको अनुमती लिएर थोक विक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमती नलिएको, लेबल नभएका खाद्यवस्तु विक्री गरेको पाइएपछि ६ वटा पसललाई कारबाहीस्वरुप जरिवना गरिएको अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

अनुगमन समितिले शुक्रबार रुपन्देहीका सिद्धार्थनगर वडा नम्बर ६ र ४ का किराना, होलसेल तथा आलुप्याजका थोक तथा खुद्रा विक्रेता र चामल मिलमा अनुगमन गरेको थियो । उपभोक्ता हीत संरक्षणविपरीत कारोबार गरेको पाइएपछि कानूनी दायरामा ल्याइएको समितिले जनाएको छ । यस्तै, अनुगमन समितिले केही पसलबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न सामाग्री जफत समेत गरेको छ ।

अनुगमन समितिले सिद्धार्थनगर–६, गल्लामण्डीको साहु जनरल स्टोर्सलाई ५० हजार जरिवाना तिराएको छ । उक्त स्टोर्सले खुद्रा वित्रेताको अनुमती लिएर थोकमा विक्री गरिरहेको, अवैध बाटोबाट भित्रिएका सामाग्री विक्री गरेको, साइनबोर्ड तथा मूल्यसूचि नराखेकाले जरिवाना गरिएको अर्यालले बताए । थोक विक्रेताले नगरपालिकाभित्र कम्तिमा ६० लाख पुँजीमा मात्रै कारोबार गर्न पाउँछन् । ‘अनुमति थोरै कारोबार गर्ने भनेर लिने तर कारोबार धेरै गर्ने गरेको पाइयो, अब हामीले यी विषयलाई बढी प्राथमिकता दिएर अनुगमनलाई अझै प्रभावकारी बनाउँछौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।

अनुगमन समितिको जरिवानामा पर्नेमा सिद्धार्थनगर–६ का शिवान्स जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस–विनी स्टोर्स र देविका किराना स्टोर्स छन् । समितिले शिवान्सलाई १५ हजार र अन्यलाई जनही १० हजारका दरले जरिवाना गरेको छ । यी पसहरुबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न बरामद समेत गरिएको छ ।

सिद्धार्थनगर–६ को महाकालेश्वर इन्टरनेशनल तथा सिद्धार्थनगर–४ को शिवकुमार टेड्रिङ र शिवशक्ति राइस मिललाई भने पहिलोपटकलाई सचेत गराइएको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, लुम्बिी प्रदेशका निर्देशक दामोदर भण्डारीले बताए । ‘कुनै पनि बहानामा उपभोक्ता ठगिन हुन्न, कानूनअनुसार कारोबार गर्ने व्यवसायी मर्कामा परेर अवैध कारोबार गर्नेले प्रसय पाउनुहुन्न भन्नेमा हामी सचेत छौं’, भण्डारीले भने, ‘त्यसैले हामीले अनुगमनलाई विगतदेखि नै तिव्रता दिँदै आएका छौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले कारोना महामारीले थलिएका व्यवसायी माथि उठ्दै गरिरहेको अवस्था प्रशासन सधै व्यवसायीको हकहीतमा काम गर्ने तर अवैध कारोवारलाई रोक्न भने लागि पर्ने जनाए । ‘प्रशासन सधै व्यवसायीको पक्षमा छ, सही र बैध कारोबार गर्नेलाई संरक्षण गर्छ, पीरमर्कामा हातेमालो गरेर समस्या समाधानमा लाग्छ,’, उनले भने, ‘गलत गर्नेलाई कानूनी दायरामा ल्याउने र उपभोक्ताको हीतलाई संरक्षण गर्ने कार्यमा भने कटिबद्ध भएर लाग्छ ।’

उनले आफूहरु रुपन्देहीमा आएको करिब ८ महिनामा बजार अनुगमनलाई विशेष प्राथमिकता दिएको जनाए । ‘मेरो नेतृत्वमा अहिलेसम्म करिब १५ पटक बजार अनुगमन भएको छ, अनुगमनका क्रममा कतिलाई कारबाही गरिएको छ भने, कयौंलाई सचेत गराइएको छ’, उनले भने, ‘कुनै पनि बहानामा कालोबजारी मौलाउनुहुन्न भन्नेमा हामी सचेत छौं र सोही अनुसार अनुगमन र नियमन गरिरहेका छौं ।’ अर्यालले प्रशासनको अलबा बाणिज्य कार्यालय र घरेलु कार्यालय पनि दैनिक अनुगमन गरी अवैध सामान जफत गर्ने र गलत गर्नेलाई कानूनी दायरामा ल्याइरहेको जनाए । उनले जिल्ला अनुगमन समितिले अनुगमनलाई तिव्रता दिएकाले कसैले पनि अवैध कारोबार नगर्न–नगराउन तथा कानूसम्मत कारोबार गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ५३ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका