२४ माघ २०८२, शनिबार | February 7, 2026

ललिता निवास प्रकरणमा असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जना नगर्न सीआईबीको आग्रह



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेको छ ।

सोमबार सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति प्रकाशित गरी कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोको ध्यानाकर्षण भएको जनाएका छन् ।

सीआईबीले बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी जग्गा संगठित रूपमा किर्ते गरेर व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरू उपर अहिले अनुसन्धान भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘हाल ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।’

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : ०७ बजे

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा