१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

ललिता निवास प्रकरण : १२ जना दोषी ठहर, ६५ जनाको नामको जग्गा जफत हुने



काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ।

त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ।

विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरेको हो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

ललितानिवास जग्गा प्रकरणमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात पनि दोषी ठहर भएका छन्।

अदालतले बिहीबार बस्न्यात र पन्तलाई पनि दोषी ठहर गरेको हो। बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। उनीहरुलाई ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । फैसलामा ६५ जनाको नाममा रहेको जग्गा जफत हुने पनि उल्लेख गरिएको छ ।

फैसलामा तत्कालिन मन्त्री विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीलाई भने आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाई दिएको छ ।

फैसलामा जग्गा धनीहरुको हकमा भने कुनै सजायँ सुनाएको छैन।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : २७ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको